प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरको अन्त्यसम्म हुन्छ: परराष्ट्रमन्त्री

आइतबार, साउन २१, २०८०
honor mob  winter sales

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण सेप्टेम्बरमा हुने परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले  बताएका छन् । 

Honor x7 pad

परराष्ट्रमन्त्री साउदका अनुसार प्रधानमन्त्रीको चीन भ्रमण आगामी सेप्टेम्बर महिनाको अन्त्य सम्ममा हुने गरि तयारी थालिएको छ।

मन्त्री साउदले आज कन्सुलर सेवा विभागमा अनलाइन कन्सुलर प्रमाणीकरण शुभारम्भ गर्दै  सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडि बढाएको बताए । 

उनले छिमेकी देशहरुका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युपियन युनियनहरुसँगको मित्रवत् सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको बताए । 

सरकारले बायोमेट्रिक लगायतका कामहरु सरकारको एक कार्यालयमा गरेपछि पुग्ने व्यवस्थाका लागि छलफल गरिरहेको समेत मन्त्री साउदले बताए । 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्