फैसला कार्यान्वयनका लागि प्रहरीले पक्राउ गर्‍यो रेशम चौधरीलाई

बुधबार, वैशाख १७, २०८२

काठमाडौं । प्रहरीले रेशम चौधरीलाई पक्राउ गरेको छ।नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाई आज काठमाडौबाट  प्रहरीले पक्राउ गरेको हो।

Honor x7 pad

रेशमलाई प्रहरीले जनमत पार्टीसँग आज हुने भनिएको एकताअघि उनलाई पक्राउ गरेको हो ।

पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो । 

गत बिहीबार मात्र जनमत पार्टीका अध्यक्ष सीके राउतले एकता प्रक्रियालाई प्रभावित पार्न आफूलाई ज्यान मार्ने र रेशमजीलाई पुन: पक्राउ गराइदिने धम्की आएको दाबी गरेका थिए ।

सादा पोशाकका प्रहरीले पक्राउ गरेर रेशमलाई डिल्लीबजार कारागार लगेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार  फैसला कार्यान्वयनका लागि रेशमलाई पक्राउ गरिएको जानकारी हो । पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको  र सर्वोच्च अदालतको आदेश अनुसार रेशमलाई पक्राउ गरेका जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए । राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकापुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्