सरकारले गर्‍यो प्रहरीका ६ एआईजीको पदस्थापन

मंगलबार, वैशाख १६, २०८२
honor २२ sept

काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन भएको छ। भर्खरै प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा भएका ६ जना एआईजीको पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालय जानकारी दिएको छ।

X7D

पहिलो नम्बरमा बढुवा भएका एआईजी चन्द्र कुबेर खापुङजो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पदस्थापन भएको छ। त्यसैगरी दोस्रो नम्बरका एआईजी लालमणि आचार्यको नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागम पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यसैगरी एआईजी कृष्णहरी शर्मा पोखरेलको  प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, दानबहादुर कार्कीको मानवश्रोत विकास बिभाग, राजन अधिकारीको अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ।

एआईजी डा।मनोज कुमार केसीको प्रदेश समन्वय विभागमा पदस्थान गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  २२:३७
प्रतिक्रिया दिनुहोस्