नेकपा माओवादीप्रति जनविश्वास बढिरहेको छ: प्रचण्ड

आइतबार, वैशाख १४, २०८२
honor २२ sept

नेपालगञ्ज नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रति जनविश्वास बढ्दै गएको बताएका छन् ।

X7D

जनतासंग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत बाँकेको फत्तेपुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उपनिर्वाचनदेखि पछिल्ला विभिन्न चुनावहरुमा नागरिकले देखाएको भरोसाले माओवादी पुरानै अवस्थामा फर्किने वातावरण बन्दै गएको जिकिर गरे । उनले २०८४ मा माओवादी एक्लै निर्वाचन लड्ने दोहोर्‍याउँदै आफ्नै तागतमा सरकार बनाएर जनपक्षीय काम गर्ने उद्घोष गरे । 

अध्यक्ष प्रचण्डले भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा माओवादीले देखाएको अग्रसरताले जनताको मन जितिरहेको दाबी गर्दै पार्टीका सबै तह र तप्कामा त्यही अनुसार गतिविधि संचालन गर्न निर्देशन दिए ।

उनले पार्टीलाई नयाँ उचाई दिन आफू बढ्दो उमेरमा समेत क्रियाशील बनेको भन्दै अब निरन्तर जनतासंगको साक्षात्कारमा रहने बताए । 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १९:२५
प्रतिक्रिया दिनुहोस्