प्रधानमन्त्री प्रचण्डको भारतीय समकक्षी मोदीसँग कुराकानी

शनिबार, साउन २०, २०८०
honor mob  winter sales

काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको टेलिफोन कुराकानी भएको छ। 

Honor x7 pad

प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेपछि दुईबीच  द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यालयले एक सूचनामार्फत जनाएको छ।

टेलिफोन कुराकानीमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका द्वीपक्षीय समझदारीको विभिन्न पक्षका बीचमा कुराकानी हुनुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको थियो।

टेलीफोन कुराकानीले दुई देशबीच रहेको उच्च राजनीतिक तहको समझदारीलाई निरन्तरता दिएको भारतीय प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्