गोली लागेर चितवनका सैनिक जवानको मृत्यु

शुक्रबार, चैत २९, २०८१
Honor 600 pro

काठमाडौं । नेपाली सेनाका जवानको गोली लागेर मृत्यु भएको छ।

चितवनको  कसरास्थित नयाँ गोरख गणमा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्र किशोर दासको गोली लागेर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

हतियार सफा गर्ने क्रममा अचानक गोली चलेपछि घाइते भएका थिए । दायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका उनलाई नयाँ मेडिकल कलेजका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  २२:११
प्रतिक्रिया दिनुहोस्