बेल्जियममा रहेका प्रवासी नेपालीहरुका बारेमा एमनेष्टी इन्टरनेशनलको चासो

शुक्रबार, साउन १९, २०८०
honor mob  winter sales

विशेष सम्बादाता-लुभेन/बेल्जियम । एमनेष्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष विपिन बुढाथोकी सम्मिलित प्रतिनिधि मण्डलले विहिबार गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष लोकेन्द्र नेपालसंग भेटगरी बेल्जियममा रहेका प्रवासी नेपालीहरुको बारेमा जानकारी लिएको छ ।  

Honor x7 pad

भेटका क्रममा एआइका अध्यक्ष बुढाथोकीले बेल्जियममा प्रवासी नेपालीहरुको स्थिति र अवस्थाका बारेमा चासो राखेका थिए । 

अध्यक्ष बुढाथोकीको चासोमा एनआरएनका उपाध्यक्ष नेपालले बेल्जियममा प्रवासी नेपालीहरुले होटल तथा रेष्टुरेष्ट क्षेत्रमा ठुलोमात्रामा लगानी गरेर नेपाली तथा बिदेशीहरुलाई रोजगारी दिएको बताउँदै सोहि क्षेत्रमा दक्ष कामदारको रुपमा काम गरिरहेको बताएका थिए।

 

उपाध्यक्ष नेपालले बेल्जियममा काम गर्ने प्रवासी नेपालीहरुले यहाँको सरकार र समुदायमा इमान्दार, परिश्रमी र लगनशीलका परिचय दिन सफल भएको र उनीहरु आर्थिक र सामाजिक रुपले पनि सक्षम हुदै गएको जानकारी दिदै नेपालीले संचालन गरेको व्यवसाय र दिएको रोजगारीबाट सरकारलाई मनग्य कर तिर्ने गरेको बताउँदै, अव दोश्रो पुस्ता भने सरकारी र नीजि क्षेत्रमा रोजगारीको लागि तयार भै रहेको जानकारी दिए ।

नेपालले बेल्जियममा श्रमिकहरुको हक अधिकार कानूनले पनि निर्देशन र संरक्षण गरेको हुँदा व्यवसायीहरुले सोहि अनुसारको सेवा सुविधा दिइरहेको बताएका थिए ।   

प्रतिनिधि मण्डलमा महासचिब सुचिता कुइकेल र निर्देशक निराजन थपलियाले पनि बेल्जियममा रहेका प्रवासी नेपालीहरुको बारेमा जिज्ञासा राखेका थिए । 

एआइको प्रतिनिधि मण्डल शुक्रवारदेखि ब्रसेल्समा संचालन भएको बिश्व सम्मेलनमा भागलिन बुधबार बेल्जियम आएको हो । टोलीमा अध्यक्ष बुढाथोकी लगायत महासचिब सचिता कुईकेल र निर्देशक निराजन थपलिया रहेका छन् । 

एआइका महासचिब सचिता कुइकेलका अनुसार विश्व सम्मेलनमा भागलिन एआइका संसारभरी रहेका शाखाबाट करिब ३०० मानव अधिकारकर्मीहरु ब्रसेल्समा भेला भएको र उक्त भेलाले विभिन्न देशको मानव अधिकारको अवस्था र भावि रणनीतिका बारेमा छलफल हुने बताए।

सम्मेलन आइतवार सम्म चल्ने एआइ नेपालका निर्देशक निराजन थपलियाले बताए । थपलियाले बिश्व मानव अधिकारको अवस्था लगायत नेपालको समग्र मानव अधिकारको स्थितिका बारेमा पनि छलफल हुने बताए । 

 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्