Dashain Banner
Dashain Banner

उपभोक्ता समितिका अध्यक्ष कुट्ने वडाध्यक्ष गुरुङ धरौटीमा रिहा

शनिबार, असार २३, २०८०

पोखरा । माछापुच्छ्रे गाउँपालिका-८ का  वडाध्यक्ष राम गुरुङ रिहा भएका छन् ।

उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष गुरुङले  ४ हजार रुपैयाँ धरौटी  रकबुझाएर रिहा भएको  कास्की प्रहरीले जानकारी दिएको छ। 

योजनाको काम समयमै नसकेको भन्दै  वडाध्यक्ष गुरुङले   खोराको मुख–उपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई कुटपिट गरेका थिए । 

माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ र वडा नं. ८  जोड्ने गरी बनेको उक्त बाटो स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यक्रमअन्तर्गत वडा नं. ७ का भण्डारी गत चैत्र १४ गते अध्यक्ष बनेका थिए।

२१ लाख ५४ हजार रुपैयाँ बजेट भएको उक्त योजना  समयमै सम्पन्न नगरेको भन्दै अध्यक्ष भण्डारीमाथीको कुटपिट घटनापछि नेकपा एमालेका कार्यकर्ता वडा कार्यालयमा तालाबन्दी गरेपछि वडाध्यक्ष गुरुङ आफैं प्रहरी कार्यालय गएका थिए।

 

 

 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्