आज पनि एमालेले गर्यो राष्ट्रिय सभा बैठक अवरुद्ध

शुक्रबार, असार २२, २०८०
honor mob  winter sales

काठमाडौं । आज पनि नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । प्रमुख प्रतिपक्ष दलसमेत रहेको एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै बैठक अवरुद्ध पारेको हो।

Honor x7 pad

बैठक शरु भए लगत्तै एमालेका सांसदहरुले बैठक अवरुद्ध पारेका थिए। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक-पटक  बस्न आग्रह गर्दा पनि एमाले सांसद उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो। 

बैठक अध्यक्ष तिमिल्सिनाले आइतबारसम्मका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्