प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

बिहीबार, साउन १८, २०८०
honor mob  winter sales

काठमाडौं । संवैधानिक परिषदको बैठकले आगामी  प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।

Honor x7 pad

आज बसेको  बैठकबाट सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।

बर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण यही २० साउनदेखि अनिवार्य अवकाश हुँदैछन्।

त्यसअघि नै परिषदको बैठकले श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरेको हो। श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश हुनेछन्।

 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्