सभामुखबाट राजिनामा दिएका बाबुराम कोशीको अर्थमन्त्री

बुधबार, साउन १७, २०८०
honor mob  winter sales

विराटनगर । कोशी प्रदेशमा सभामुखबाट राजिनामा दिएका बाबुराम गौतम  आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् ।

Honor x7 pad

मुख्यमन्त्री उद्धव थापासँग तीन जना मन्त्रीले शपथ लिएका हन्। सभामुखबाट राजीनामा दिएका नेकपा माओवादी केन्द्रका सांसद बाबुराम गौतम अर्थमन्त्री बनेका हुन् ।

गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । नेपाली कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिचाइँ तथा ऊर्जा मन्त्रालय र एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

मंगलबार चार दलको समर्थनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका थिए। यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापा सभामुखकोसमेत समर्थन लिएर मुख्यमन्त्री बनेका थिए । उक्त कदम संविधान विपरीत भन्दै सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदिएको थियो। 

त्यसपछि मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  २१:३२
प्रतिक्रिया दिनुहोस्