संवैधानिक परिषद् बैठकले सिफारिस गर्न सकेन प्रधानन्यायाधीशको नाम

मंगलबार, साउन १६, २०८०
honor mob  winter sales

काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक बिना सिफारिस स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा अन्य रिक्त संवैधानिक परिषद्मा पनि नियुक्ति गर्नुपर्ने भन्ने विषय छिरेपछि प्रधानन्यायाधीशमा सिफारिस नगरी बैठक टुङ्गिएको थियो। 

Honor x7 pad

परिषद्का सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज कुनै निर्णय नभएकाले अर्को बैठक बिहीबार बस्ने गरी टुङ्गिएको जानकारी दिए । उनले अन्य रिक्त रहेका संवैधानिक पदमा नियुक्ति सिफारिसको विषय प्रवेश गरेसँगै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुन नसकेको बताए । 

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि बैठकले नाम सिफारिस गर्नुपर्ने थियो । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका हुन् । 

खासमा भएका प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तर त्यो व्यवस्था लत्याउँदै समय निकै घर्केपछि आज संवैधानिक परिषद्को बैठक डाकिएको थियो । तर यो बैठकले पनि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न सकेन । 

अब आगामी बिहीबार सहमति बन्ने विश्वास गरिएको छ । बिहीबार सााझ ५ बजेका लागि बैठक डाकिएको छ । 

प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगाडि नै घरबिदा लिएर बस्ने चलन छ । तर हालका प्रधानन्यायाधीश कार्की गत महिनामात्रै प्रधानन्यायाधीश नियुक्त भएका थिए । 

उनले प्रधानन्यायाधीशमा नियुक्त हुनुअघि नै अवकाशको पत्र पाएका थिए । अदालतमा न्यायाधीशहरुकोसमेत नियुक्ति नहुँदा फैसलामा ढिलाइ भएको छ । 

कुनै फेरबदल नभए बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ । तर अन्य संवैधानिक निकायमा पनि नियुक्तिको कुरा उठेसँगै भागबण्डा मिलाउनु पर्ने देखिएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्