रकस्टार रबिनको शवलाई आइतबार बिहान श्रद्धाञ्जलीका लागि नाट्य एकेडेमीमा राखिने

शनिबार, असार २३, २०८०
Honor 600 pro

काठमाडौं । नेपाली रकस्टार रबिन तामाङलाई श्रद्धाञ्जली अर्पणका लागि शवलाई भोलि  बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिने भएको छ।

तामाङको शवलाई भोलि बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको हो।

श्रद्धाञ्जली पश्चात् तामाङको अन्तिम संस्कार बिजेश्वरीस्थित शोभा भगवतीमा गरिने भएको छ।

तामाङको बूढानीलकण्ठस्थित आफ्नै घरमा मंगलबार राति निधन भएको हो । उनले फिल्ममा अभिनय समेत गरेका छन्  ।  उनी ‘रविन एन्ड द न्यू रेभोलुसन’ ब्यान्डका भोकलिस्ट पनि हुन् ।

सन् १९६३ मा  सिंगापुरमा जन्मिएका तामाङको ६० वर्षीको उमेरमा निधन भएको हो। 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह