अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा होटल कलपत्रुको नेपालगञ्जमा सांगीतिक धमाका

आइतबार, पुस १३, २०८२
honor mob  winter sales

नेपालगञ्ज । नेपालगञ्ज न्युरोडस्थित चार तारे होटल कलपत्रुले अंग्रेजी नयाँ बर्षको पूर्व सन्ध्यामा सांगितिक उत्सब गर्न लागेको छ ।

Honor x7 pad

होटल कलपत्रुले आज पत्रकार सम्मेलन गरेर सांगितिक कार्यक्रमबारे जानकारी गराएको हो । होटलका जनरल म्यानेजर लक्ष्मण पन्थीले अंग्रेजी नयाँ बर्ष सन् २०२६ को स्वागतमा सांगितिक उत्सब आयोजना गरिएको जानकारी दिए । डिसेम्बर ३१ तारिखका दिन अर्थात पुस १६ गते बेलुका ८ बजेदेखि राती १२ बजेसम्म विशेष सांगितिक कार्यक्रम सञ्चालन हुनेछ ।

पन्थीका अनुसार चर्चित गायिक अस्मिता अधिकारी, चर्चित गायक महेश काफ्ले र चर्चित मोडेल सञ्चिता बुलाखे कार्यक्रममा आउँदैछन् । पूर्ण पारिवारिक वातावरणमा सांगितिक उत्सब गरिने पन्थीको भनाई छ । सिंगल (एक जना) लाई १ हजार ८ सय र कपल (जोडी) लाई ३ हजार ५ सय रुपैयाँ तथा आठ बर्ष माथिका बालबालिकालाई १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको जनरल म्यानेजर पन्थीले बताए । उक्त शुल्क तिरेपछि अनलिमिटेड स्न्याक्स, खाना, ड्रिङ्क्स, कोल्ड ड्रिङ्क्स लगायत खाने कुराको प्रबन्ध गरिएको होटलले जनाएको छ ।

पत्रकार सम्मेलनमा होटलका एचआर म्यानेजर शिवानी गुप्ता, रुम डिभिजन म्यानेजर सनम शाही, फुड एण्ड बेभेरेज म्यानेजर सुरेश नेपाली, हाउन किपिंग म्यानेजर गणेश थापा, पर्चेज एण्ड एकाउण्ट म्यानेजर अजय साहु र सेफ्टी इन्जिनियर विनोद चौधरी पनि उपस्थित थिए । उनीहरुले आआफ्नो जिम्मेवारी रहेको विभागबारे जानकारी समेत गराएका थिए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले होटल कलपत्रुले गर्न लागेको नयाँ वर्ष विशेष कार्यक्रमको सफलताका लागि शुभकामना दिएका थिए ।  

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्