राष्ट्रपतिद्वारा चार वटा अध्यादेश जारी

सोमबार, पुस २९, २०८१
Honor 600 pro

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा विधेयक जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

राष्ट्रपतिले जारी गरेका अध्यादेशका विधेयक संसदमा विचाराधीन रहेका थिए । 

अध्यादेश जारी गर्ने भएसँगै माओवादी केन्द्रले चर्को विरोध गरेको छ । यता एमालेले भने संसद नचलेकाले अध्यादेश जारी गर्नुपरेको बताएका छन् । 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्