रुपईडिहामा बाँके ,बर्दिया र बहराईच जिल्लाको सुरक्षा गोष्ठी

आइतबार, पुस २८, २०८१
honor २२ sept

नेपालगन्ज । बाँकेको भारतीय छिमेकी जिल्लामा अन्तरदेशीय इण्डो-नेपाल बोर्डर कोर्डिनेसन सुरुमा बैठक सम्पन्न भएको छ।

भारतमा लाग्ने कुम्भ मेला, गणतन्त्र दिवसको सुरक्षा व्यवस्था तथा समन्वय, लागुऔषध ओसारपसार नियन्त्रण,मानवबेच बिखन र बन्यजन्तु-बन पैदावर तस्करी नियन्त्रण र रोकथामका लागि नेपालका बाँके, बर्दिया र भारतीय जिल्ला बहराइचका जिल्ला सुरक्षा प्रमुखबीच संयुक्त सुरक्षा बैठक आयोजना गरिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

शनिबार भारतको रुपैडिहा संयुक्त जाँच चौकी स्थित   जिल्ला मेजिस्ट्रेट कार्यालयमा आयोजित सुरक्षा बैठकमा  बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र भारतको तर्फबाट बहराईच जिल्लाको प्रमुख जिल्ला अधिकारी, बहराईचका एसपी, भन्सार कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, सडक कार्यालय, यातायात कार्यालय, वन कार्यालयका प्रमुख लगायत अन्य सरकारी कार्यालयका प्रमुख एवं पदाधिकारीहरुको उपस्थिति रहेको बैठकमा विशेष गरि चोरी पैठारी भइरहेको बारेमा अन्तरक्रिया गरिएको थियो।

उक्त बैठकमा दुबै देशका छिमेकी जिल्लाहरु एकआपसमा सहकार्य गरेर वर्तमान अवस्थामा भइरहेका गलत कार्य रोक्न छलफल भएको जिल्ला प्रहरीले बाँकेले जनाएको छ।

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्