कोशीमा सभामुख गौतमलाई राजिनामा गराएर सरकारको दाबी पेश गर्दै सत्ता गठबन्धन

मंगलबार, साउन १६, २०८०
honor mob  winter sales

विराटनगर । कोशीमा सरकारको नेतृत्व गर्न सत्ता गठबन्धनले  सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर  दाबी गर्ने तयारी गरेको छ।

Honor x7 pad

कोशी प्रदेशका प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका दाबी पेश गर्न दिएको समय आज सकिदैछ।

सत्ता गठबन्धनबाट  पूर्वसहमति अनुसार नेपाली कांग्रेसका  निवर्तमान मुख्यमन्त्री उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने निश्चित जस्तै भएको छ।  

यसअघि मुख्यमन्त्री नियुक्त भएका थापाको नियुक्ति प्रक्रिया असंबैधानिक भएको भन्दै सर्वोच्चमा परेको रिटमा सर्वोच्चले थापाको नियुक्तिको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो ।

आज सभामुख गौतमलाई राजिनामा गराएर सरकारको दाबी पेश गर्ने तयारी लगभग तय भइसकेको नेपाली कांग्रेसका एक नेताले बताए।

नेकपा माओवादी केन्द्र संसदीय दल कोशीका एक नेताका अनुसार यदि राप्रपाले समर्थन नगर्ने भएमात्र सभामुखलाई राजिनामा गराउने बताएका छन् ।

कोशीमा ९३ सदस्यीय प्रदेश सभाका लागि बहुमतका लागि ४७ मत आवश्यक रहेको छ । जसमा कांग्रेसका २९ , माओवादीका १३ (सभामुखले  राजीनामा दिएको खण्डमा ), नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ पुग्छन् ।

तर, सभामुख गौतमलाई राजिनमा गराएर सरकारको दाबी पेश गराउन हुन्न भन्ने केही माओवादी नेताको तर्क छ।

 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०८:३७
प्रतिक्रिया दिनुहोस्