मधेश सरकारका दुई मन्त्रीले दिए राजिनामा

सोमबार, साउन १५, २०८०
honor mob  winter sales

जनकपुर । मधेश सरकारका दुई मन्त्रीहरुले राजिनामा दिएका छन् ।

Honor x7 pad

जनमत पार्टीबाट विना विभागीय मन्त्री बनाइएका  वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले पार्टीको निर्देशनमा आज राजीनामा दिएका हुन् ।

गत जेठ ९ गते कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई जिम्मेवारी दिएपछि जनमत पार्टी रुष्ट हुदै आएको थियो।

लामो समयसम्म  मुख्यमन्त्री यादवले मन्त्रालयले  नदिएपछी उनीहरुले राजिनामा दिएका हुन् ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्