डा.जोशन न्यौपानेले न्युरोमा ल्याएको बदलाव

बिहीबार, मंसिर २७, २०८१
honor mob  winter sales

नेपालगन्ज । न्युरो सर्जन डा.जोशन न्यौपानेले मेरुदण्ड र टाउकोमा ट्युमर पलाएको, टाउकोमा रगत जमेको, मासु पलाएको लगायतका समस्या भएका सयौं बिरामीहरुको शल्यक्रिया सफलतापूर्वक गरेर उनीहरुलाई जीवन दिएका छन् ।

करिब एक दशक अघिसम्म नेपालगञ्जमा न्युरो सेवा प्रभावकारी थिएन । जसका कारण बिरामीहरु भारत तथा काठमाडौं जानु पर्ने बाध्यता थियो । नेपालगञ्ज मेडिकल कलेजमा न्युरो सेवा त थियो तर त्यति प्रभावकारी थिएन । सरकारी भेरी अस्पतालमा पनि न्युरो सेवा थिएन। ६ वर्ष अघि जब न्युरो सर्जन डा.जोशन नेपालगञ्ज भित्रिए तब न्युरो सेवामा उनले यस क्षेत्रमा बदलाव नै ल्याइएदिए ।

अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंबाट न्यूरोसर्जनको रुपमा सेवा सुरु गरेका डा. जोशन नेपालगञ्ज मेडिकल कलेजमा करिब चार वर्ष सेवा गरे । भेरी अस्पतालमा पनि उनले करिब एक वर्ष सेवा गरे । उनले यस क्षेत्रका मस्तिष्क, नशा, मेरुदण्ड तथा ट्रमाका हजारौं बिरामीलाई सेवा दिएका छन् । अहिले उनी आफ्नै नेतृत्वमा न्युरो एण्ड जनरल हस्पिटल सञ्चालन गरेका छन् । स्वास्थ्य क्षेत्रको हबका रुपमा रहेको नेपालगञ्जमा सञ्चालित न्युरो एण्ड जनरल हस्पिटल न्युरो सेवा प्रवाह गर्ने पश्चिम नेपालकै डेडिकेटेड हस्पिटल हो ।

न्युरो सर्जन डा.जोशनले मेरुदण्ड र टाउकोमा ट्युमर पलाएको, टाउकोमा रगत जमेको, मासु पलाएको लगायतका समस्या भएका सयौं बिरामीहरुको शल्यक्रिया सफलतापूर्वक गरेर उनीहरुलाई जीवन दिएका छन् । ‘न्युरोका बिरामीलाई छिटो छरितो र गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले न्युरो एण्ड जनरल हस्पिटलको स्थापना भएको हो,’ उनी भन्छन्–‘हाम्रो परिकल्पनालाई पूर्ण आकार दिने गरी योजना बनाइरहेका छौं ।’ नेपालगञ्जको जेल रोडमा न्युरो एण्ड जनरल हस्पिटलको सुविधा सम्पन्न पूर्वाधार निर्माणका काम अन्तिम चरणमा पुग्दैछ।

स्थानीय तहबाट १५ वेड क्षमताको स्वीकृति प्राप्त न्युरो एण्ड जनरल हस्पिटललाई कम्तिमा ५० वेडमा विस्तार गर्ने योजना छ । ‘न्युरोका कुनै पनि बिरामीहरु उपचारका लागि भारत र काठमाडौं जान नपरोस् भन्ने सोचका साथ हाम्रा सेवाहरुलाई स्तरीय बनाएका छौं,’ उनी भन्छन्–‘योसँगै छिटोछरितो र सहज उपचारका लागि पनि हामी प्रतिबद्ध छौं ।’ प्राथमिकता न्युरो भए पनि बिरामीको सहजताका लागि अन्य सेवाहरुलाई पनि विस्तार गर्दै लगिएको उनले बताए ।

पछिल्लो समय मिर्गौलाका बिरामीहरु बढ्दै गएका छन् । ती बिरामीहरुलाई लक्षित गरेर डायलाइसिस सेवा सहितको मिर्गौला रोग उपचार सेवा पनि सुरु गरिएको उनले बताए । यस क्षेत्रकै एक्ला नेफ्रोलोजिस्ट डा.सौरभ सिंह हमालले नेफ्रो विभागको नेतृत्व लिएका छन् । अस्पतालका फार्मेसी इन्चार्ज दिनेश विष्टका अनुसार न्युरो एण्ड जनरल हस्पिटलबाट अहिले न्युरो र नेफ्रोबाहेक बालरोग विशेषज्ञ सेवा, जनरल सर्जरी, मूत्ररोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ, आँखा रोग विशेषज्ञ, प्लाष्टिक सर्जरी विशेषज्ञ लगायतका सेवाहरु प्रवाह भइरहेको छ।

यसैगरी हाडजोर्नी तथा वाथरोग विशेषज्ञ सेवासँगै मुख तथा अनुहार शल्यचिकित्सा विशिष्टकृत सेवा, एनेस्थेसिया तथा क्रिटिकल केयर विशेषज्ञ सेवा समेत न्युरो एण्ड जनरल हस्पिटलले प्रदान गर्दै आएको छ । ‘हाम्रो फोकस न्युरोमै हो,’ अस्पतालक सञ्चालक समेत रहेका न्युरो सर्जन डा.जोशन भन्छन्–‘ पर्याप्त पूर्वाधार, मौज्दात उपकरण र दक्ष जनशक्तिबाट अन्य सेवाहरुलाई पनि विस्तार गर्दै लैजाने योजना छ ।

यो हाम्रो योजना भन्दा पनि बिरामीको माग र आवश्यकता हो ।’

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्