पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष

शुक्रबार, मंसिर २१, २०८१

सप्तरी । स्थानीय तहको उपनिर्वाचनमा निर्वाचित भएको ५ दिनमै वडाध्यक्ष पक्राउ परेका छन् ।

Honor x7 pad

सप्तरीस्थित डाक्नेश्वरी नगरपालिका-१ बाट वडाध्यक्षमा निर्वाचित भएका धीरेन्द्रकुमार साहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

सप्तरी प्रहरीले उपनिर्वाचनमा निर्वाचित भएका वडाध्यक्ष साहलाई वडाध्यक्षको पदभार ग्रहणका लागि विहीबार राखिएको समारोहस्थलबाटै पक्राउ गरेको जनाएको छ।

जसपा नेपालबाट निर्वाचित भएका साहलाई अदालतको आदेशबाट कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको सप्तरी प्रहरीले जानकारी दिएको छ।

जिल्ला अदालत सप्तरीमा ५-६ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको हुँदा त्यसैको अनुसन्धानका लागि वडाध्यक्ष साहलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्