सुन तस्करी प्रकरणमा होटल भियानामा छापा, बेल्जियमको नागरिकता लिएका दावा पक्राउ

आइतबार, साउन १४, २०८०
honor mob  winter sales

काठमाडौं । राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन प्रकरणमा काठमाडौंको ठमेलस्थित होटल भियनामा छपा मारेको छ। विभागले होटल भियानाबाट एक जनालाई पक्राउ गरेको छ। 

Honor x7 pad

विभागको टोलीले आज बिहानदेखि भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको विभागले जनाएको छ । विभागको टोलीले होटलबाट नेपाल मुलका बेल्जियमका नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ ।

उक्त होटल उनकी श्रीमतीको नाममा छ।

विभागले दावालाई हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएपछि पक्राउ गरेको हो। 

सुन तस्करी प्रकरणमा दावासँगै पक्राउ पर्नेको संख्या १८ जना पुगेका छन्  ।

विभागले  होटल भियानाबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान अघि बढाएको छ। 

पक्राउ परेकाहरुक्क बयानको आधारमा राजधानीको विभिन्न क्षेत्रमा राजश्वको टोली पुगेर छापा मारिरहेको छ।

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्