शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टरले नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविर गर्दै

सोमबार, कात्तिक २६, २०८१
Honor 600 pro

नेपालगञ्ज । नेपालगञ्जमा विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टरले यही कार्तिक २९ गते विहीबार निःशुल्क स्वास्थ्य शिविर गर्दैछ ।

स्वास्थ्य शिविरमा निःशुल्क ओपिडी सेवा, निःशुल्क सुगर जाँच सेवा, मेडिकल ल्याबमा २५ प्रतिशत र इन्डोस्कोपीमा २५ प्रतिशत छुट दिइने शिखर हेल्थ केयरले जनाएको छ । भेरी अस्पतालदेखि रामलिला मैदान जाने बाटोमा अवस्थित शिखर हेल्थ केयरले बरिष्ठ कन्सल्टेन्ट फिजिसियन सेवा दिइरहेको छ ।

शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टरमा सुगर तथा ब्लडप्रेसर, थाइराइड, पेट तथा कलेजो, ज्वरो, डेंगु तथा टाइफाइड, छाती, सुख्खा रुघाखोकी तथा दम, मुटु तथा कोलेस्ट्रोल, ग्याष्टृक, पिसाब तथा मिर्गौलासम्बन्धि सम्पूर्ण समस्याको उपचार तथा सेवा उपलब्ध छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्