कोशी सरकार गठनका विषयमा सत्ता गठबन्धनका शिर्ष नेताबीच बालुवाटारमा छलफल

शनिबार, साउन १३, २०८०
honor mob  winter sales

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

Honor x7 pad

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा कोशी प्रदेशको सरकार गठन लगायत समसामयिक विषयमा शीर्ष नेताहरूबीच अनौपचारिक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

सर्वोच्च अदालतले कोशी प्रदेशमा कांग्रेसका उद्धव थापाको मुख्यमन्त्रीमा नियुक्ति असंवैधानिक भएको भन्दै खारेज गरेको थियो। 

त्यहाँ पुन: सरकार  गठनको प्रक्रिया अघि बढाउन भनिएको छ।  प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमणपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको हो।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए। 

त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौला पनि सहभागी थिए। रासस।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्