Dashain Banner
Dashain Banner

हङकङमै रहेका वडाध्यक्षले उतैबाट पठाए राजीनामा

बुधबार, असोज १६, २०८१

ताप्लेजुङ । हङकङमा रहेका ताप्लेजुङ सिरिजङघा गाउँपालिका-३ का वडाध्यक्ष दिलप्रसाद बोखिमले पदबाट राजीनामा लेखी पठाएका छन् ।

विगत ११ महिनादेखि उतै हङकङमा रहेका वडाध्यक्ष दिलप्रसादले गाउँपालिकाको अध्यक्षमार्फत ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै असोज १८ गतेदेखि लागू हुनेगरी राजीनामा लेखी पठाएका हुन् ।

विसं २०८० कात्तिक २४ गतेदेखि वडामा अनुपस्थित उनले जनताको सेवा गर्न नसकेकामा दुःख व्यक्त गर्दै आफ्नो जिम्मेवारी कार्यवाहक वडाध्यक्षलाई सुम्पिएको राजीनामामा उल्लेख गरेको जिल्ला निर्वाचन आयोगले जनाएको छ।

हालै स्थानीयले वडाध्यक्ष दिलप्रसादको अनुपस्थितिका कारण विकास र प्रशासनिक काममा बाधा उत्पन्न भएको भन्दै निजमाथि कारबाहीको माग गर्दै गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानलाई ज्ञापनपत्र बुझाएका थिए ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्