Dashain Banner
Dashain Banner

८० हजार रुपैयाँ घुस लिँदालिँदै वडाध्यक्ष पक्राउ

मंगलबार, असोज ८, २०८१

झापा । घुस लिँदालिँदै एक जना वडाध्यक्ष पक्राउ परेका छन् ।

झापास्थित बुद्धशान्ति गाउँपालिका- २ का वडाध्यक्ष गोपाल ओलीलाई ८० हजार रुपैयाँ घुस लिँदालिँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् ।

वडाध्यक्ष ओलीलाई घुस लिने क्रममा बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडिबाट आज दिउँसो पक्राउ गरिएको हो।

अध्यक्ष ओलीले घर जग्गा बाटोको सिफारिस गरिदिए बापत घुस रकम लिन लागेको जानकारी पीडितले पहिला नै जानकारी गराएपछि योजना बमोजिम रकम लिँदालिँदै ओलीलाई पकाउ गरिएको हो । नियन्त्रणमा लिइएका वडाध्यक्ष ओलीलाई अहिले इलाका प्रहरी कार्यालय अनारमणिको नियन्त्रणमा राखिएको छ । 

प्रहरीले यस घटना बारेमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा खबर गरिसकेको जनाएको छ। आफ्नो क्षेत्राधिकार नपर्ने भएका कारण इलाका प्रहरी कार्यालय अनारमणिले वडाध्यक्ष ओलीलाई अख्तियारलाई बुझाउन लागेको जनाएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्