अहिलेको समयमा डिजिटल साक्षरताको अपरिहार्यता छ: अध्यक्ष गिरी

सोमबार, असोज ७, २०८१
honor mob  winter sales

दाङ । अहिलेको समय डिजिटल युगको समय रहेकाले डिजिटल साक्षरताको अपरिहारर्यता रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन्  । समय र आर्थिक सदुपयोग गरी घरमै बसी डिजिटल र बित्तिय शिक्षाको फाइदा लिनुपर्ने अध्यक्ष गिरीको भनाइ छ । 

Honor x7 pad

अहिलेको समयमा योग्यतामात्र हासिल गरेर मात्र नभई डिजिटल साक्षर हुनु ठुलो कुरा रहेको गिरीले बताए । जर्सि ओभरसिजको आर्थिक सहयोग,डिप्रोक्स नेपाल र प्रेक्टिकल एक्सनद्वरा संचालित समुन्नति डिजिटल फाइनान्सको माध्यमबाट महिला कृषक सशक्तीकरण परियोजनाको तेस्रो चरणको वित्तिय शिक्षा र डिजिटल साक्षरता सम्बन्धि तालिमको समापन अवसरमा अध्यक्ष गिरीले यस्तो बताएका हुन । 

दंगीशरण गाउँपालिकाका ३/४/५/र ६ नम्बर वडाका १९ वटा समुहमा संचालित परीयिजनाले आज सामुहिक रुपामा समापन कार्यक्रम गरेको हो ।

समापन अवसरमा बोल्दै समुन्नति परियोजनाका सयोजक अमित दुवाडीले दंगीशरण गाउँपालिकमा रहेर तेस्रो चरणसम्म आइपुग्दा त्यहाँका दलित,बिपन्न बर्गका महिलाहरु डिजिटल साक्षर भएकोदेख्दा आफु निकै हर्षित भएको बताए ।अहिलेको समय डिजिटलको समय रहेकाले आफुहरुको ग्रामीण दुरदराजका महिलाहरुलाइ डिजिट साक्षर बनाउने प्रमुख उदेश्य  रहेको संयोजक दुवाडीले बताए ।

यस्तै प्रेक्टिकल एक्सनका कार्यक्रम अधिकृत शिवलाल शर्माले सिकेको कुरालाइ पुर्णरुपमा व्यबहारमा लागू गरुदिन सहभागिहरुलाई आग्रह गरे ।आफूले काम गर्ने क्रममा केहि समस्या भए नजिकै टोल-छिमेकमा रहेका प्रशिक्षकहरुको सहयोग लिन सकिने उनले बतए । सिकेको कुरालाई दैनिक रुपमा प्रयोगमा ल्याए मात्र सिकेको सिपमा वृद्धि हुने उनको भनाइ थियो ।

कार्यक्रमम बोल्ने अधिकांस  सहभागिहरुले समय सान्दर्भिक कार्यक्रम रहेको र मिल्छ भने आगामी दिनमा पछाडि परेका महिला दिदिबहिनीको लागि अझै यस्तै कार्यक्रम थपिदिन आग्रह गरेका थिए। अहिलेको विद्युतीय डिजिटलको समयमा घरमै बसेर हरेक बिल तिर्न सानो ब्यबसाय गर्न,मोबाइल वालेट,मोबाइल बैंक चलाउन, बचत गर्न र खर्च घटाउन लगायतका थुप्रै कुराहरु सिकेको बताए । सहभागिले बित्तीय कक्षामा सहभागि भएपछी जियो कृषि एपको माध्यमबाट बजार भाउ बुझ्न, मौसमबारे जानकारीलिन, बालिनालिमा लागेको रोगको समाधान, लगायत हरेककुरा मोबाइलको माध्यमबाट गर्नसक्ने भएकोप्रती समुन्नति परीयोजनाप्रति धन्यवाद ब्यक्त गरेका थिए।

समापन कार्यक्रममा कृषि बिकाश शाखा प्रमुख शरु भुषाल,वडा नं.३ का वडा अध्यक्ष शुकलाल चौधरी,वडा नं. ५ का वडा अध्यक्ष निरज बस्नेत, वडा नं. ६ का वडा अध्यक्ष रोशनजंग शाह लगायतले आ-आफ्नो भनाई राखेका थिए।

समापन कार्यक्रम समुन्नति परीयोजनाका संयोजक दुवाडीको अध्यक्षता, गाउँपालिका अध्यक्ष गिरीको प्रमुख आतिथ्यता,तथा प्रेक्टिकल एक्सनका शिवलाल शर्माको बिशिस्ट आतिथ्यतामा भएको थियो ।कार्यक्रमको सहजिकरण समुन्नति परियोजनाकी दंगीशरण शान्तीनगर संयोजक कल्पना खड्काले गरेकि थिइन्  ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २२:४१
प्रतिक्रिया दिनुहोस्