कोशीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

शुक्रबार, साउन १२, २०८०
honor mob  winter sales

विराटनगर । कोशी प्रदेशमा साउन १६ गतेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएको छ।

Honor x7 pad

सर्वोच्च अदालतले यसअघिका मुख्यमन्त्री उद्दव थापालाई पदमुक्त गरेपछी कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न  दलहरूलाई आह्वान गरेका छन्।

आज प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै    साउन १६ गते साँझ ५ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न समय दिएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्