प्रधानमन्त्री स्वदेश फिर्ता

शुक्रबार, साउन १२, २०८०
honor mob  winter sales

काठमाडौं । इटलीको ६ दिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान १० बजे स्वदेश फर्किएका छन् ।

Honor x7 pad

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड  आज बिहान १० बजे  त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए । 

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गरेका थिए । 

प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा उनका स्वकीय सचिव एवं छोरी गंगा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतसहित सचिवालय टोलीसमेत गएको थियो।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्