पुथा उत्तरगंंगा गाउँपालिकाको गाडी दुर्घटना, तीन जनाको मृत्यु

शुक्रबार, भदौ २८, २०८१
honor mob  winter sales

काठमाडौं । सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बागलुङको गलकोट नगरपालिका-२ भुङखानीमा रा१झ २०० नम्बरको गाडी आज बिहान ९ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

Honor x7 pad

बागलुङ प्रहरीका अनुसार मृत्यु हुनेमा एक महिला र दुई पुरुष छन् । गाडी भीरदेखि तल खसेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाका एक जना गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बागलुङ पठाइएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दिएको जानकारी अनुसार दुर्घटना भएको गाडी रुकुम पूूर्वस्थित पुथा उत्तरगंंगा गाउँपालिकाको हो। 

उक्त गाडीमा त्यहाँका जनप्रतिनिधि र कर्मचारी सवार थिए भने मृतकहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्