पोषणको कमीले हुने रोगको निराकरण गर्न सबै सक्रियताका साथ लाग्नुपर्छ: अध्यक्ष गिरी

बिहीबार, भदौ २७, २०८१
honor mob  winter sales

प्रमोद आचार्य/ दाङ  व्याकवार्ड सोसाइटी एजुकेशन बेशको सहकार्य,आइडि नेपाल र हेलन किलरको प्राविधिक सहयोग तथा दंगीशरण गाउँपाकिकाको समन्वयमा पोषण मार्फत जिबन रुपान्तरण परीयोजना अन्तर्गत पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिती तथा सरोकारवालासङ्ग बैठक तथा छलफल कार्यक्रम दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ ।

Honor x7 pad

आइडि नेपाल र हेलन किलरको प्राविधिक सहयोग तथा व्याकवार्ड सोशाइटि एजुकेशन बेशको सहकार्यमा दंगीशरण गाउँपालिकामा पोषण र सरसफाइको क्षेत्रमा कार्यक्रम संचालन गर्नलागेको बेशका पालिका परीयोजना परीचालक सन्तोष चौधरीले जानकारी दिए।

बैठक तथा छलफल कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले पछिल्लो समयमा सर्ने रोगमा कमि देखिए पनि नसर्ने रोगले जरा गाडेको अवस्थामा नसर्ने रोग र पोषणको कमिले हुने रोगको निराकरणगर्न सवै सरोकारवालाहरु सकृयताकासाथ अगाडि लाग्नुपर्ने बताए ।पोषण र सरसफाईको क्षेत्रमा परियोजनाले गर्न लागेको कार्यक्रम सफलताको शुभकामना समेत अध्यक्ष गिरीले ब्यक्त गरे

मध्यम शिघ्र कुपोषणवाट कडा सिघ्र कुपोषण सम्म पुग्न नदिनु परीयोजनाको प्रमुख उदेश्य रहेको हेलन किलरका अनिल केसीले जानकारी गराएका थिए । परियोजना सुरुवातीको अवस्थामा परियोजनाले पालिकामा कस्ता कार्यक्रमहरु संचालन गर्दैछ भन्नेकुरा जानकारी दिनपनि सरोकारवालासँँग बैठक तथा छलफल कार्यक्रम आयोजना गरिएको केसीले जानकारी दिए।

कुपोषणको अवस्था २०३० सम्म १६ बाट ४ मा कसरी झार्न सकिन्छ भनेर कुपोषणको प्रमुख संकटलाई सम्बोधन गर्न पनि परियोजनाले कार्यक्रम गर्ने बताइएको छ । यस्तै परीयोजनाको लक्ष्य र उदेश्यमाथि प्रकाश पार्दै बेशका शुरेश चौधरीले परीयोजनाले कडा शिघ्र कुपोषण र मध्यम शिघ्र कुपोषणको एकीकृत ब्यबस्थापन,राष्ट्रिय भिटामिन "ए" कार्यक्रम सहयोग,स्तनपानको प्रबर्द्धन,शिशु तथा बाल्यकालीन पोषण प्रवर्द्धनको क्षेत्रमा कार्यक्रम संचालन पनि गरिने बताए।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्