बन्दुकले हानेर ७१ वर्षीया वृद्धाको हत्या, एक जना पक्राउ

मंगलबार, भदौ २५, २०८१
Honor 600 pro

रोल्पा। रोल्पामा बन्दुकको कुन्दाले हानेर ७१ वर्षीया वृद्धा सारु रोकाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

गए राति रोल्पाको थवाङ गाउँपालिका-२ जाजरकोट टोलका ७१ बर्षीया रोकाको राति साढे १२ बजेतिर हत्चा गरेको आरोपमा स्थानीय ३५ बर्षीय रामकुमार रोकालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बन्दुकको कुन्दाले टाउकोमा प्रहार गर्दा  रोकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

हत्याको खबर पाए लगत्तै प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र केसीको कमाण्डमा पुगेको ५ जनाको टोलीले आरोपित रामकुमारलाई मदिराले मातेको अवस्थामा घरमै सुतिरहेको बेला नियन्त्रणमा लिएको थियो । बन्दुक घटनास्थलदेखि ७५ मिटर मुन्तिर पातिको झाडीमा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय घर्ती गाउँवाट प्रहरी निरीक्षक कृष्ण सोनीको कमाण्डमा थप ५ जनाको टोली घटनास्थलमा खटिएको छ । यस बारेमा थप अनुसन्धान सुरु गरेको रोल्पा प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०८:५६
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह