नेपालगन्जबाट डोल्पा उडेको सीता एयरको जहाजको अवतरणका क्रममा पांग्रा खुस्कियो

बिहीबार, असोज ८, २०८३

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पांग्रा खुस्किएको छ ।

नेपालगञ्जबाट १३ जना यात्रु लिएर उडेको जहाज बिहीबार बिहान करिब ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पांग्रा खुस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए ।

जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना यात्रु सवार थिए । यात्रुमध्ये ११ जना पुरुष र २ जना महिला रहेको प्रहरीले जनाएको छ । पांग्रामा समस्या आए पनि जहाजमा रहेका सबै यात्रु सकुशल छन् ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार जहाजमा सामान्य प्राविधिक समस्या देखिएको हो । जहाज अहिले धावनमार्गमै रहेको छ भने प्राविधिक टोलीले आवश्यक जाँच गरिरहेको छ ।

अहिले विमानस्थल बन्द रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १०:११
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह