सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किंदा एक जनाको मृत्यु

मंगलबार, कात्तिक १७, २०८३

काठमाडौँ । सोलुखुम्बुको फेरिचेमा अवतरणका क्रममा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा आज बिहान ठोक्किएका हुन्। दुर्घटनामा एक विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।

मृतकको राष्ट्रियता र पहिचान भने खुल्न सकेको छैन। दुर्घटनामा घाइते भएका एक जनालाई प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी लुक्लास्थित अस्पताल पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी थापा मगरले बताए।

प्रारम्भिक जानकारीअनुसार दुवै हेलिकोप्टर अवतरण गर्ने क्रममा पङ्खा एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  ०९:२८
प्रतिक्रिया दिनुहोस्