'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'

शुक्रबार, असोज १६, २०८३

नेपालगञ्ज । बालबालिकाको अधिकार संरक्षण तथा प्रवद्र्धनका लागि सेवा प्रदायक निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।

सिविन–नेपाल, नेपालगञ्ज बाल हेल्पलाइनको आयोजनामा शुक्रबार नेपालगञ्जमा भएको ‘बाल अधिकार तथा बाल संरक्षण सुनिश्चितताका लागि सेवा प्रदायकको भूमिकासम्बन्धी बैठक’ मा सहभागी सरोकारवालाले बाल संरक्षणका क्षेत्रमा देखिएका समस्या समाधानका लागि आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा बालबालिकाको अधिकार संरक्षण, बाल संरक्षण प्रणाली, सेवा प्रदायकको भूमिका तथा बालबालिकालाई आवश्यक सेवा सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा बाल अधिकार तथा बाल संरक्षणका क्षेत्रमा कार्यरत विभिन्न सेवा प्रदायक तथा सरोकारवालाको सहभागिता रहेको सिविन–नेपाल बाल हेल्पलाइन नेपालगञ्जका प्रबन्धक शिद्धराज पनेरुले बताए ।

कार्यक्रममा सहभागीहरूले जोखिममा रहेका तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको पहिचान, उद्धार, संरक्षण, पुनःस्थापना तथा आवश्यक सेवामा पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायबीच निरन्तर समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १८:३०
प्रतिक्रिया दिनुहोस्