बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, अर्का एक जना घाइते

शनिबार, भदौ २२, २०८१

नेपालगन्ज । बाँकेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

Honor x5c

कोहलपुरको कौशिल्या अस्पताल नजिकै आज बिहान मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक कोहलपुर नगरपालिका वडा नम्बरका १० का ३९ वर्षीय भुपेन्द्र सुनारको उपचारका क्रममा मृत्यु भएको हो । सुनारको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पाताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार सुर्खेतको लेकबेसी वडा नम्बर ३ राताटार घर भई हाल सशस्त्र प्रहरी बल नेपाल ४२ नम्बर गण शमशेरगञ्ज बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक ४२ वर्षीय लालबहादुर सुनार घाइते भएका छन् । उनको उपचार चलिरहेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह