भूतपूर्व गोर्खा सैनिकका जायज मागहरुमा एनआरएनएको समर्थन

शुक्रबार, भदौ १४, २०८१
honor २२ sept

लण्डन । गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष डाक्टर बद्री केसीले पूर्ण अधिकार सहितको गैरआवासीय नागरिकता, भूतपूर्व गोर्खा सैनिकद्धारा उठाईएका जायज मागहरुमा संघको ऐक्यबद्धता रहेको र यो बिषय लगायत सम्बृद्ध नेपाल र डायस्पोराका नेपालीहरुको हकहितको संरक्षण र सम्बर्धनका लागि संघ र आफू जहाँ भए पनि निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

X7D

उक्त कुरा अध्यक्ष केसीले लण्डनमा तमु धिँद्धारा आयोजित नेपाली मेलाको उद्घाटन शत्रमा बताएका हुन। 

अर्को एक फरक कार्यक्रममा अध्यक्ष केसीले गैरआवासीय नेपाली संघमा भित्र आफूू सबै पदाधिकारीहरुलाई समेटेर अगाडी बढ्न तयार रहेको र संघद्धारा आयोजना गरिने विभिन्न अभियानलाई अझ बढि प्रभावकारी बनाउन सबै प्रवासी नेपालीलाई एकता र भ्रातृत्वको सन्देश दिन एनआरएनए अभियन्ताहरु पनि जिम्मेवार ढंगले प्रस्तुत भई एकै ठाउँमा उभिइदिन आग्रह गरेका थिए । 

अध्यक्ष केसीले सर्वोच्च अदालतले आफ्नो कार्य समितिलाई मान्यता दिने गरी फैसला सुनाएको १५ मिनेटमै सहकर्मी निकतम प्रतिद्धन्दी महेशकुमार श्रेष्ठले फोन गरेर आफुलाई बधाई दिएको र गत बर्ष सम्पन्न चुनावको नतिजा आएकै बेला माला लगाइदिने इच्छा भएता पनि प्राविधिक कारणले सम्भव नभएकोमा दुःख व्यक्त गरेको बताउँदै आगामी दिनहरुमा श्रेष्ठ लगायत अन्य साथिहरुको सहयोग र समर्थन निरन्तर रहनेमा विश्वस्त रहेको बताए ।  

मेलामा बेलायत स्थित ५० भन्दा बढि सामाजिक संघसंस्थाको प्रतिनिधित्व रहेको थियो भने उक्त मेलामा करिब चार दर्जन साँस्कृतिक टोलीले नृत्य, झाँकी र अन्य विबिध साँस्कृतिक कार्यक्रममा सहभागि भएको र आयोजकहरुले १० हजार भन्दा बढि नेपाली तथा विदेशीले उक्त मेलाको अवलोकन गरेको बताएका छन्।गैरआवासीय नेपाली संघका प्रवक्ता फणिन्द्र पन्तका अनुसार संघका अध्यक्ष केसीको उपस्थितिमा बेलायतमा आयोजना भैरहेका मेला लगाएत अन्य भेटघाट तथा अन्र्तकृयाले संघलाई थप बलियो र उर्जाशील बनाएको बताए ।  

यसैबीच मेलाको अवसरमा बेलायत पुगेका एनआरएनएका अध्यक्ष  केसीको कार्यव्यस्तता निकै बढेको देखिएको छ । 

संघको ११ औँ महाधिवेशनबाट निर्वाचित डाक्टर केसीको समितिलाई परराष्ट्र मन्त्रालयले कुनै पनि काम कारवाहि गर्न रोक लगाएपछि निस्कृय जस्तै रहेको कार्य समिति सर्बोच्चको गत साउन २२ को फैसलाले अध्यक्ष लगायत राष्ट्रीय समनवय समितिहरुमा समेत थप उत्साह र क्रियाशीलता देखिएको छ भने डायस्पोरामा रहेका नेपाली समुदाय बिच पनि सर्बोच्चको पछिल्लो निर्णयले संघ प्रति पुनः जनविश्वास बढेको देखिएको छ।

सोहि क्रममा गत आइतबार बेलायत पुगेका अध्यक्ष केसीलाई हिथ्रो विमानस्थलमा गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् र विभिन्न संघसंस्थाका प्रतिनिधिले भव्य स्वागत गरेका थिए भने सोमबार लन्डनकै केम्प्टन पार्कमा आयोजित नेपाली मेलामा अध्यक्ष केसी विशिष्ठ अतिथिको रुपमा रहे । 

मंगलबार अध्यक्ष केसीकै विशेष आतिथ्यमा अल्डरसट शहरमा संघका राष्ट्रीय र केन्द्रीय समितिका विभिन्न पदाधिकारी लगायत सदस्यहरुलाई बाजागाजा र झाँकी सहित स्वागत गरिएको थियो ।  

त्यसैगरी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युकेले आयोजना गरेको कार्यक्रममा संघका अभियन्ताहरुले अवका दिनहरुमा बर्तमान कार्यसमिति निर्धक्क भएर  नेपाल र प्रवासी नेपालीहरुको हकहित तथा सम्बृद्धिका अगाडी बढ्न सुझाव दिएका छन् । 

सोहि क्रममा वक्ताहरुले आगामी दिनहरुमा संघ प्रति विमति राख्ने असहमत पक्षहरु पनि वर्तमान निर्वाचित कार्यसमितिलाई विश्वास गरी सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । 

अधिकांस वक्ताहरुले लोकतान्त्रिक विधि र प्रकृयाबाट निर्वाचित कार्यसमितिलाई तत्कालीन सरकारका केही अधिकारीहरुले राज्यक्तिको दुरुपयोग गरी काम गर्नबाट रोक्न खोजे पनि अदालतले लोकतन्त्र र आम गैरआवासीय नेपालीको मनोभावना अनुसार फैसला गरेकोमा खुसी समेत व्यक्त गरेका थिए । 

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष हितकाजी गुरुङले निर्वाचनको परिणाम स्वीकार गर्न नसक्ने अस्वस्थकर परिपाटीले संघको उद्देश्य प्राप्ति नहुने बताउँदै संघका पूर्व पदाधिारी तथा अभियन्ताहरुले संघमा भएको लोकतान्त्रिक संस्कारलाई अंगीकार गर्न आग्रह गरे ।

बेलायत गैरआवासीय नेपाली संघको जन्म भएको र भूतपूर्व गोर्खाहरुका कारण सबैभन्दा जेठो डायस्पोरा रहेको मुलुक मानिन्छ । त्यसकारण पनि अध्यक्ष डा केसी र उनको कार्यसमितिले बेलायतमा पाएको सम्मान र महत्त्व विशेष अर्थपूर्ण मानिएको छ । 

नेपालीहरुको बाक्लो र पुरानो बसाई रहको बेलायममा गत सोमबार सम्पन्न मेलामा नेपाली खाना, हस्तकला, नेपालमा निर्मित राडी, पाखी लगायत नेपालमा उत्पादित बस्तुहरु समेत राखिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्