नलगाडमा नयाँ हाकिम आएपछि मेयरले गरे कर्मचारी हाजिरी रजिष्टर गायब

शुक्रबार, भदौ ७, २०८१
honor mob  winter sales

जाजरकोट । नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने थाहा पाएपछि जाजरकोटको नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले कर्मचारी हाजिरी खाता (रजिष्टर) नै गायब गरेका छन् । 

Honor x7 pad

सरुवा भएर आउनुभएका कार्यकारी अधिकृत गोपाल शाहीलाई हाजिर हुन नदिने भन्दै उनले खाता (रजिष्टर) नै गायब बनाएका हुन् । 

नगर प्रमुखले हाजिरी खाता लुकाएपछि नगरका कर्मचारीले शुक्रबार हाजिर गर्न पाएका छैनन् । नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले हाजिरी खाता (रजिष्टर) लिएको प्रशासन शाखाका एक कर्मचारीले बताए ।

तत्कालीन कार्यकारी अधिकृत दिनेश भट्टराईको सूचना आयोगमा सरुवा भएको पत्र साउन २७ गते नगरपालिकामा आएको थियो । 

पत्र आएसँगै नलगाड नगरपालिकामा जिल्ला समन्वय समितिबाट शाही रमाना लिएर पुग्नुभएको छ । बिहीबार नगरपालिकामा शाही आउने जानकारी पाएलगत्तै नगर प्रमुखले मन्त्रालयलाई दुईवटा पत्र पठाउनुभएको थियो।नगरपालिकाका एक कर्मचारीका अनुसार मेयर रावतले बिहीबार नै हाजिर खाता मागेर आफ्नो कार्यकक्षमा राखेका हुन् । आफू नगरपालिकामा नभएको बेला हाजिर गराउन सक्ने आशंकाले कार्यकक्षमा हाजिर खाता राखेर उहाँ हिँडेको ती कर्मचारीले बताए ।

मन्त्रालयले नलगाडमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) भट्टराईलाई सरुवा गरेर सो ठाउँमा शाहीलाई सरुवा गरेपनि भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत राख्नुपर्ने भन्दै नगर प्रमुख रावतले मन्त्रालयलाई पत्र लेखेका थिए । 

एता मेयर रावतले भने नगरपालिकामा ई–हाजिरीको व्यवस्था भएकाले आफूले हाजिर खाता (रजिष्टर) नलुकाएको दाबी गरेका छन् । 

त्रिभुवन माविको सम्पत्ति हिनामिनाको विषय छानबिनलगायतका काम बाँकी रहेकाले केही समय भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत राख्न खोजिएको उनको भनाइ छ। 

सम्पत्ति हिनामिनाको विषयमा छानबिन गर्न भट्टराईकै संयोजकत्वमा समिति बनाइएकाले छानबिन नसकिएसम्म उनलाई नै काम गर्न दिन मन्त्रालयमा आग्रह गरेको मेयर रावतले बताए।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्