कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

बिहीबार, साउन ११, २०८०
honor mob  winter sales

काठमाडौं । कोशी सरकार मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । 

Honor x7 pad

सर्वोच्च अदालतले आज मुख्यमन्त्री थापाको नियुक्ति बदर गरेपछि उनी पदमुक्त भएका हुन् ।

कोशीका निवर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गत असार २१ गते थापाको नियुक्ति प्रक्रिया असंबैधानिक भएको भन्दै परेको रिटविरुद्ध सर्वोच्चका  न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले कोशीका सभामुख बाबुराम गौतमको समर्थनमा मुख्यमन्त्री थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो ।

सर्वोच्चले सभामुख गौतमको समर्थन संविधानविपरीत रहेको उल्लेख गरेको छ । त्यस्तै सर्वोच्चले निवर्तमान मुख्यमन्त्री कार्कीको मुख्यमन्त्री नियुक्तीको परामादेश दिन अस्विकार गरेको छ।

सर्वोच्चले अब कोशी प्रदेशमा सरकार गठन गर्न दुई वा सो भन्दा बढी दलको सरकार बनाउन सात दिनको समय तोकेको छ।

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्