गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्षको मृत्यु

मंगलबार, भदौ ४, २०८१
honor mob  winter sales

सुर्खेत । गाडी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्षको मृत्यु भएको छ। 

Honor x7 pad

सोमबार दिउँसो सुर्खेतदेखि नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा  हुम्लास्थित सर्केगाड गाउँपालिकाका ३९ वर्षीय उपाध्यक्ष चन्द्रसिंह कार्कीको उपचारका क्रममा नेपालगन्जको भेरी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उपाध्यक्ष कार्की सवार उक्त फोर्स गाडी सुर्खेतको भेरीगंगा नगरपालिका-५ एमाले मोडमा दुर्घटना हुँदा २१ जना घाइते भएका थिए।

उपाध्यक्ष कार्कीको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्