दंगीशरणको सुकदेवामा नवनिर्मित योगहलको उद्घाटन

शनिबार, साउन २६, २०८१
honor mob  winter sales

दाङ । दाङको दंगीशरण गाउँपालिका- ४ स्थित सुकदेवामा नवनिर्मित योगहल भवनको उद्घाटन गरीएको छ । आज बिहान एक कार्यक्रमकाबीच दंगीशरण गाउँपालिकाबाट बिनियोजित १० लाख रुपैयाबाट निर्माण सम्पन्न भएको योगहलको गाउँपालिका अध्यक्ष शम्भु गिरी र उपाध्यक्ष पिमा वली खड्काले विधिबत रुपमा उद्घाटन गरेका हुन् ।

Honor x7 pad

भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गिरीले शारीरिक र मानसिक स्वास्थ्यका लागी योग अपरीहार्य रहेको बताए।समाजमा पछिल्लो समय मानसिक रोगीको संख्यामा वृद्धि हुदै गएकोप्रति दुख व्यक्त गर्दै मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न योगमा जोडिन आबश्यल रहेको अध्यक्ष गिरीले भने।

आज उद्घाटन गरिएको योगहल योगका लागि मात्र नभई दंगीशरण-४ मा हुने हरेक सार्वजनिक कार्यक्रम गर्नका लागी समेत रहेको प्रयोग हुने अध्यक्ष गिरीले बताए ।रोग शोक र भोगको निराकरण गर्ने एकमात्र उपाय योगनै रहेको बताउदै अध्यक्ष गिरीले आफू निर्वाचित भएर आइसकेपछि  एक वडा एक योगहल निर्माणको अबधारणा अनुरुप आफू अगाडी बढेको समेत जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष वली योगहल निर्माणले बिहान योग प्रणायाम र दिउँसोको समयमा जुनसुकै कार्यक्रम गर्न मिल्ने गरी योगहलको निर्माण भएको बताइन् ।आफूू समेत योगमा जोडिने बताउने उपाध्यक्ष वलीले सवैमा योग प्रणायाम र ध्यानको महत्त्ववारे बुझेर समाजलाई स्वस्थ र संस्कारयुक्त बनाउन लागि पर्न सबैलाई आग्रह गरेकी छिन् ।

कार्यक्रममा पतन्जलि योग समिति दाङका जिल्ला सह प्रभारी बिनोद चौधरीले  योगको फाइदा र यसको महत्त्वबारे प्रस्ट पार्दै योगकोबारेमा बोलेर भन्दा पनि अभ्यासबाट मात्र पुरा हुने बताएका थिए।

उद्घाटन कार्यक्रम वडा नम्बर  ४ का वडा सदस्य शिताराम चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष वलीको बिशिस्ट आथित्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण पतन्जलि योग समिति शान्तिनगरका प्रभारी निम बहादुर खड्काले गरेका थिए।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०९:२५
प्रतिक्रिया दिनुहोस्