काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

शुक्रबार, साउन १८, २०८१
honor mob  winter sales

काठमाडौं । आइतबार सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो। 

Honor x7 pad

२०८० माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार भोलिका लागि बिदा तय गरिएको हो। राजपत्रमा केही विशेष दिनका लागि बिदाको घोषणा गरिए पनि तिथि तय नहुँदा बिदा दिने दिन भने तोकिएको हुँदैन। यस्तो बिदा दिने निर्णय गृह मन्त्रालयले गर्दै आएको छ। 

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त दिन काठमाडौँ उपत्यका अन्तर्गत तीन वटा जिल्लाभित्र सार्वजनिक बिदाको निर्णय लागु हुनेछ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्