नेपालगन्जस्थित चारबाहिनी रोडसहित गणेशमान चोकको सरसफाइ

शनिबार, साउन १२, २०८१
honor mob  winter sales

नेपालगन्ज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपालगन्जमा रहेका सडकहरुको सरसफाइ गरिएको छ। 

Honor x7 pad

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी बाँकेको सहकार्यमा आज नेपालगन्जको वडा नम्बर ९ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिदेखि चारबाहिनी चोक हुँदै गणेशमान चोकसम्मको सडक सरसफाइ गरिएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी, बाँके प्रहरी प्रमुख,सशस्त्र प्रहरी प्रमुख लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थितिमा ती सडकहरुको सरसफाइ गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जानकारी दिएकोछ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले सडक सरसफाइ गरेको हो।

 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्