Dashain Banner
Dashain Banner

नेपालगन्ज-१६ ले दियो स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप दराज

शनिबार, साउन १२, २०८१

नेपालगन्ज। नेपालगन्जको वडा नम्बर १६ ले स्वास्थ्य स्वयंसेविकाहरुलाई दराज सहयोग गरेको छ।

लामो समयदेखि वडामा स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्य गर्दै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेका ७ जना स्वयंसेविकालाई प्रोत्साहन स्वरुप स्टिलको दराज दिइएको वडा नम्बर १६ की स्वास्थ्य प्रमुख शारदा घर्तीले जानकारी दिएकी छिन् ।

स्वास्थ्य क्षेत्रमा राम्रो कार्य गरेका उनीहरुको तलब नहुँँदा सहयोग स्वरुप उहाँहरुलाई प्रोत्साहन स्वरुप एउटा सानो सहयोग स्टिलको दराज दिइएको घर्तीले बताइन् ।

उक्त वडामा केही वर्षअघि पनि स्वास्थ स्वयंसेविकाहरुलाई साइकल वितरण गरेको थियो।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्