कीर्तिपुर नगरपालिकाका मेयरको निधन

शुक्रबार, साउन ११, २०८१
honor २२ sept

काठमाडौं । काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। मेयर नकर्मीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको कीर्तिपुर नगरपालिकाले जनाएको छ।

मेयर नकर्मीको निधनमा आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ।  लामो समयदेखि मिर्गौला रोगबाट ग्रसित मेयर नकर्मी साउन २ मा वीर अस्पतालमा भर्ना भएका थिए।

स्व.मेयर नकर्मीको आजै अन्तिम संस्कार गरिने नगरपालिकाले जनाएको छ। नकर्मी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्