नागरिक उन्मुक्तिको सुदूरपश्चिम् सरकारमा नजाने निर्णय

बुधबार, साउन १०, २०८०
honor mob  winter sales

धनगढी । सुदूरपश्चिम् सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी नहुने निर्णय गरेको छ।

Honor x7 pad

सरकारमा नागरिक उन्मुक्ती पार्टीका सांसदहरू रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरी मन्त्री बन्ने तरखर हुँदै गर्दा  मुख्यमन्त्री कमलबहादुर शाहले र सत्तामा रहेका दलहरूले भने अनुसार मन्त्रालय नदिने बताएपछि नागरिक उन्मुक्ति सरकारमा नजाने भएको हो।

भागबण्डा नमिलेपछि नागरिक उन्मुक्तिली अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै सरकारमा सहभागी नहुने जानकारी गराएकी सकेकी छिन् । 

नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकाले सरकारमा सहभागी नहुने बताइन् ।

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्