बंगलादेशमा भएको प्रदर्शनमा ११० जनाको मृत्यु, सयौं घाइते

आइतबार, साउन ६, २०८१
honor २२ sept

ढाका। मंगलबारदेखि आरक्षणविरोधी प्रदर्शनमा हालसम्म बंंगलादेशमा दुई प्रहरीसहित  १ सय १० जनाको मृत्यु भएको छ। प्रदर्शनका क्रममा सयौं व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

प्रदर्शनले उग्र रुप लिएपछि शुक्रवार रातिदेखि  कर्फ्यूू लगाउदा पनि अवस्था शान्त बन्न सकेको छैन भने झनै प्रदर्शनले उग्र रुप लिदै जादा शनिबार भएको झडपमा १० जनाको मृत्यु भएको  बताइएको छ।

बंंगलादेशमा प्रदर्शनले उग्र रुप लिएपछि नेपाल सरकारले बंंगलादेशमा अध्ययनरत विद्यार्थीहरुलाई स्वदेश फर्काउन थालेको छ। मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको जानकारी गराएपछि नेपाली विद्यार्थीहरुलाई नेपाल फर्काउन सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बंंगलादेशस्थित नेपाली राजदुतावासले फर्किरहेका नेपाली विद्यार्थीहरुलाई विमानस्थलसम्म सुरक्षित तरिकाले पुर्‍याइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्