बेल्जियमको बु्रर्गेमा नेपालीको भेला

शुक्रबार, साउन ४, २०८१
honor २२ sept

ब्रुजबेल्जियम । एभरेष्ट नेपाली समाज बेल्जियमले पर्यटकीय नगरी ब्रुजमा समर बारबेक्यु कार्यक्रम आयोजना गरेको छ । 

X7D

समाजका अध्यक्ष शिब तिमिल्सिनाका अनुसार ब्रुज क्षेत्रमा बस्ने प्रवासी नेपालीहरु संख्यात्मक रुपले दिन प्रतिदिन बढ्दै गएकोे अवस्थामा सबै प्रवासी नेपालीहरु बिच एक आपसमा चिनजान तथा घुलमिल गराउन संस्थाले यो कार्यक्रम आयोजना गरेको बताए । 

अध्यक्ष तिमिल्सिनाले समर बारबेक्यु कार्यक्रमलाई संस्थाले नेपालमा मनाइने  मुख्य चाँडपर्वको रुपमा लिएको हुनाले यो प्रत्येक बर्ष ब्रुजमा आयोजना गर्ने गरेको र कार्यक्रमले  ससाना बालबालिका, अभिभावकहरु लगायत सिंगो नेपाली समाज बिच भेटघाट, चिनजान तथा एक आपसमा रमाइलो समेत हुने र गर्ने भएकोले यो कार्यक्रमलाई समाजले आयोजना गर्ने गरेको बताए । 

कार्यक्रममा ब्रुज लगायत यसको आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली भाषी, विभिन्न सामाजिक संघसंस्था तथा बिदेशी नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्