कोहलपुर नगरले संचारग्राम बनाउँछ: नगरप्रमुख आचार्य

मंगलबार, साउन ९, २०८०
honor mob  winter sales

कोहलपुर। बाँकेको कोहललपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर क्षेत्रका पत्रकारहरुका लागि संचारग्राम बनाउने प्रतिवद्धता जनाएका छन् ।

Honor x7 pad

कोहलपुर क्षेत्रका पत्रकारहरुसँग मंगलबार अन्र्तक्रिया गर्दै नगरप्रमुख आचार्यले पत्रकारहरुको बृहत भेलाबाट निर्णय भई आएको खण्डमा स्थानीय सरकारले संचारग्राम बनाउनका लागि श्रोतको व्यवस्थापन गर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ बाँकेका कार्यवाहक अध्यक्ष संगिन शर्माले कोहलपुरमा संचारग्राम बनाउने प्रतिवद्धता विगतको स्थानीय सरकारले गरेको तर संचारग्राम निर्माण कार्यका लागि कुनै पनि गतिविधि नभएकाले तत्काल संचारग्राम बनाउन माग गरेका थिए । नगरप्रमुख आचार्यले कोहलपुरमा संचारग्राम बनाउने प्रक्रियागत रुपमा विगतमा भए गरेका कार्यहरुको जाँचबुझ गरी संचारगा्रम बनाउन तयार रहेको बताएका छन् ।

साथै उनले कोहलपुर नगरपालिकाले गरेका सम्पूर्ण कार्यहरुको सुक्ष्म रुपमा अध्ययन गरी खबदारि सहितको जिम्मेवार भूमिका निर्वाह गरिदिन समेत संचारक्षेत्रलाई अनुरोध गरेका छन् ।


तेह्र विगाहमा बनेको गेटको बारेमा पत्रकारले राखेको जिज्ञासामा बोल्दै  नगरप्रमुख आचार्यले राष्ट्रिय खेलकुद परिषद केन्द्रीय कार्यालय त्रिपुरेश्वर काठमाण्डौंले नै कोटेशन गरी कार्य सम्पन्न गरेकोले योजनाको सुरुदेखि सम्पन्न हुँदासम्म कुनै पनि जानकारी वा त्यससँग सम्बन्धित कुनै पनि विवरण स्थानीय सरकारसँग नभएको बताएका छन् ।

संघीय सरकारले स्थानीय सरकारसँग सहकार्य गरी योजना बनाउन सकेको खण्डमा लगानीको प्रतिफल आउन सक्ने भन्दै स्थानीय स्तरमा योजना कार्यान्वयन गर्दा संघ र प्रदेशले स्थानीय तहसँग सहकार्य गर्न आवश्यक रहेको बताएका छन् । 

यसका साथै कोहलपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिईरहेको नगरप्रमुख आचार्यले जानकारी दिँदै आवश्यक सहयोग गर्न सबैमा अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २२:४४
प्रतिक्रिया दिनुहोस्