अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी सभामै गोली प्रहार

आइतबार, असार ३०, २०८१
Honor 600 pro

काठमाडौं । अमेरिकी पूूर्व राष्ट्रपति एवंं राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। ट्रम्पलाई पेन्सीलभानियाको बटलरमा एक चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा गोली प्रहार गरिएको हो।

रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले सम्बोधन गरिरहँदा चलेको गोली उनको कानमा लागेको छ। शनिबार पेन्सिलभानियाको बट्लरमा चुनावी सभामा अन्धाधुन्ध गोली चल्दा एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्  । उनको कान र अनुहारमा रगत देखिएको बताइए पनि रिपब्लिकन पार्टीको चुनावी अभियानले उनी सुरक्षित भएको जनाएको छ । 

घटनाका बारेमा दुख व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणकारीलाई तत्काल पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०७:२५
प्रतिक्रिया दिनुहोस्