अध्यक्ष रञ्जिताको एउटा पत्रले नागरिक उन्मुक्ति सरकारमा जान पाएन

मंगलबार, साउन ९, २०८०
honor mob  winter sales

काठमाडौं । आज सुदूरपश्चिम् प्रदेश सरकारमा मन्त्रीको सपथ लिने भन्दै गएका नागरिक उन्मुक्तिका सांसदहरु रित्तै फर्किएका छन् ।

Honor x7 pad

मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै नागरिक उन्मक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मन्त्रालयको भागबण्डा नमिलेकाले सरकारमा सहभागी नहुने जानकारी दिएपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ । 

आज लेखिएको पत्रमा भनिएको छ, ‘नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराउँदछौँ ।’

 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २१:३५
प्रतिक्रिया दिनुहोस्